aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चिन्ट उत्पादनको टेक्निकल सेमिनार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ बैशाख २०७६
चिन्ट उत्पादनको टेक्निकल सेमिनार

काठमाडौं ।  हिम इलेक्ट्रोनिक्सले “टेक्निकल सेमिनार अन चिन्ट प्रोडक्ट” आयोजना गरेको थियो । जेजाङ्ग चिन्ट इलेक्ट्रिक कम्पनी प्रा.लि.को चिन्ट इलेक्ट्रिक चीनको नम्बर एक र यूरोपको दोस्रो सबैभन्दा उत्कृष्ट इलेक्ट्रिक ब्राण्ड हो । 

“टेक्निकल सेमिनार अन चिन्ट प्रोडक्ट” नारायणघाटमा वैशाख १० गते आयोजना गरिएको थियो । त्यस्तै उक्त सेमिनार हेटौँडा र वीरगञ्जमा क्रमश वैशाख ११ गते र १३ गते आयोजना गरिएको हो ।

 चिन्ट इलेक्ट्रिक्स् इन्डियाका आलोक पाण्डेले सेमिनारमा ट्रेनिङ सेशन दिएका थिए । सेमिनारमा सहभागीहरुलाई चिन्ट इलेक्टिक उत्पादनहरु जस्तै रिले, कन्ट्रयाक्टर, आरसीसीबी, एमसीबी र एमसीसीबीका बारेमा जानकारी गराइएको थियो । चिन्टका उत्पादनहरु लो–भोल्टेज इलेक्ट्रिकल उत्पादनहरुदेखि वितरक उपकरणहरुसम्म रहेका छन् । चिन्ट सदैव ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्न लागि परेको छ । 
 

प्रतिक्रिया दिनुहोस