
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्रीएयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई जुनसुकै गन्तव्यमा ५ सय रुपैयाँ मात्र भाडामा सेवा दिने भएको छ । १२ असोज गतेदेखि लागू हुने यो योजना प्रतिउडान दुई जना जेष्ठ नागरिकले मात्रै सो छुट प्राप्त गर्ने र उडान गर्ने बेलामा उमेर खुल्ने परिचय आवश्यक रहेको र यस्तो टिकक रद्दसमेत नहुने बताइएको छ ।
श्री एयरलाइन्ससँग चार वटा सिआरजे २०० र दुई सिआरजे ७०० जहाज छन् । आन्तरिक उडानमा चार (दुई सिआरजे २०० र दुई सिआरजे ७००) जहाजले चन्द्रगढी, विराटनगर, राजविराज, भैरहवा, नेपालगञ्ज र धनगढी उडान भर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस