aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मन्त्री किरातीले क्यानका महानिर्देशकलाई सोधे स्पष्टीकरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ असार २०८०
मन्त्री किरातीले क्यानका महानिर्देशकलाई सोधे स्पष्टीकरण

काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधका छन्। मन्त्री किरातीले हवाई सुरक्षा, क्यान विभाजन, निर्माण कार्य लगायतका विषयमा प्रश्न उठाउँदै स्पष्टीकरण मागेका हुन्।  

सात दिनभित्रमा जवाफसहितको विवरण मन्त्रालयमा पठाउन भनिएको छ । अधिकारीले पदिय जिम्मेवारी विपरित सरकारको नीति विरुद्ध कार्य गरिएको, हवाइ सुरक्षामा समेत असर पर्ने कार्य किने गरिएको लगायत विषयमा स्पष्टिकरण सोधिएको छ । 

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको सम्बन्धमा मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका हुन् । 

“बजेट तथा कार्यक्रममा प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने उल्लेख छ । सोही बमोजिम प्रक्रिया अघि बढिसकेको अवस्थामा तपाईंले नेपाल सरकारको उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने कार्य प्राधिकरण नियमावली विपरीत छ, के कति कारणले तपाईंले आफ्नो पदीय जिम्मेवारी विपरीत बोल्नुभएको हो ?” स्पष्टीकरणको पहिलो बुँदामा भनिएको छ ।

अधिकारी महानिर्देशक भए पनि नेपाली दर्ताका दुई वटा विमान र तीन वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किरातीले ‘उड्डयान सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाई असफल रहेको किन मान्नु नपर्ने ?’ भनेर पनि प्रश्न सोधिएको छ ।
   
यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको, उडान सुरक्षा प्रतिकूल हुनेगरी काम गरेको, पोखरा विमानस्थलमा उडानसम्बन्धी सम्पूर्ण तयारी नगरी उडान सुरु गरेर उडान सुरक्षामा गम्भीर लापरबाही गरिएको लगायत विषयमा जवाफ मागिएको छ ।

May be an image of text

May be an image of text

May be an image of text

प्रतिक्रिया दिनुहोस