aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

‘निगम भ्रष्टचारको अखडा बन्यो, साधारण शेयर जारी गरेर पुँजी जुटाऔं’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असार २०८०
‘निगम भ्रष्टचारको अखडा बन्यो, साधारण शेयर जारी गरेर पुँजी जुटाऔं’

काठमाडौं । नेपाल वायु सेवा निगममा नयाँ कर्मचारी भर्ति गर्नु भनेको आमाको रगत खानु बराबर भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वमन्त्री तथा सांसद योगेश भट्टराईले बताएका छन् । बुधबार प्रतिनिधिसभाको बजेट अधिवेशनमा बोल्दै उनले नेपाल वायु सेवा निगम भ्रष्टचारको अखडा बन्दै गएको र निगममा भ्रष्टचार गर्नु भनेको आमाको रगत खानु बराबर भएको तर्क गरेका हुन । 

उनले भने,‘नेपाल वायु सेवा निगममा नयाँ सरकार आउने वित्तीकै कर्मचारी भर्ति केन्द्र नै खोल्ने अनि यसलाई धरासायी बनाउने काम भइरहेको छ ।’ आफू मन्त्री भएका बेलामा एक जना पनि कर्मचारी भर्ति नगरेको बताउँदै उनले भने नयाँ सरकार आउने वित्तीकै सयौ कर्मचारी भर्ति गरेर भ्रष्टचारको केन्द्रका रुपमा वायु सेवा निगमलाई बताइएको उनले आरोप लगाए ।

त्यस्तै, उनले नेपाल वायु सेवा निगमलाई पब्लिक लिमिटेड कम्पनी बनाएर सर्वसाधारणमा शेयर जारी गरेर निगमलाई माथि उकास्नु पर्ने बताएका छन् । उनले भने, ‘निगममा हाल नाफा गरेको हल्ला चलाएर निमगलाई थप धरासायी बनाउन तर्फ लागेको छ ।’ यसलाई थप शसक्त बनाउनका लागि यसको शेयर सर्वसाधारणमा लगेर शेयर पुँजी थप्न पर्ने धारणा राखेका थिए ।

त्यस्तै, सांसद भट्टराईले नेपालमा अन्तराष्ट्रिय विमान स्थल बनाउने हो भने निजगढभन्दा अर्को विकल्प नभएको पनि बताएका छन् ।  उनले भने,‘ नेपालमा आफ्ना इच्छा अनुसार योजनाहरु ल्याउने गरिएका छन् । केहि किलोमिटरको दूरीमा विमान स्थल बनाएर लगानी मात्र खेर गइरहेको छ । अन्तराष्ट्रिय विमान स्थलका लागि निजगढभन्दा अर्को राम्रो विकल्प छैन ।’
 

प्रतिक्रिया दिनुहोस