aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सामाजिक सञ्जालको दुरुपयोग गरि ठगीका श्रृंखला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ असार २०८०
सामाजिक सञ्जालको दुरुपयोग गरि ठगीका श्रृंखला

काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न नक्कली पेज बनाएर ठगी गर्ने गरेको फेला परेको छ । फेसबुकमा घरजग्गा सेवा नामक पेज बनाई ठगी गर्नेलाई गत फागुन ४ गते प्रहरीले पक्राउ गरेको थियो । लोन सेवा पेज बनाई लोन चाहिए सम्पर्क गर्नुहोस भनि आकाश भट्टराई, आर.एन क्षेत्री भन्ने रामचन्द्र चालिसेले उत्तम कुमार, राज कुमार तामाङ, सोनु बाबु लामा र विष्णु क्षेत्री, गणेश बहादुर खड्का लगायतका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुले विभिन्न लोन दिने भनि प्रलोभन तथा विश्वास दिलाई निजहरुबाट चेक तथा नगद गरी जम्मा सन्ताउन्न लाख बिस हजार रुपैँया लिई अर्काको नामको नागरिकता दुरुपयोग गरी विभिन्न बैंकमा खाता खोली उक्त खाताको चेक दिई ठगी गरेका थिए ।  पक्राउ परेको व्यक्ति उपर ठगी तथा बैकिङ कसूर मुद्दामा अनुसन्धान कार्य भई रहेको  उनीहरु विरुद्ध हालसम्म ७ वटा जाहेरी परेको प्रहरीले जनाएको छ । 

त्यस्तै, चैत १९ गते जिल्ला प्रहरी परिसर काठमाण्डौबाट बैकिङ कसूर मुद्दामा १ करोड १५ लाख रुपैयाँ लिएर फरार रहेको डाक्टर हुँ भनि ठगी गर्ने मानिस पक्राउ परे । उनी कञ्चनपुर पुनर्वास नगरपालीका वडा नं ७ घर भई हाल भक्तपुर जिल्ला कौशलटार बस्ने बर्ष २७ को मात्रृका प्रसाद जैशीले वीर अस्पतालको १२ औं तहको डाक्टर हो भन्दै ठगी गर्दै हिड्ने गरेको प्रहरले बताएको छ । उनले  विश्वासमा पारी पछी बिवाह गर्छु भनि केहि दिनमा रकम फिर्ता गर्छु भनी जाहेरवालासंग पटक पटक गरेर चालिस लाख रुपैंया लिएका थिए । 

निज ब्यक्तिको बारेमा बुझ्दै जाँदा डाक्टर नभएको र पछि रकम फिर्ता माग्दा समेत रकम नदिई बिभिन्न बाहना बनाई झुक्यानमा पारी फरार रहेका थिए । उनलाई गत असार ६ गते पक्राउ गरी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान भई रहेको र हालसम्म ३ वटा जाहेरी प्राप्त भएको प्रहरीको रेर्डमा छ । 

त्यस्त्र, फेसबुक पेज बनाई डिजिटल मार्केटिंङ कम्पनी मार्फत विज्ञापन  गरी ठगी गर्ने गिरोह पनि सक्रिय रहेको प्रहरीमा आएको उजुरीमा देखिन्छ ।   प्युठान साविक तोरबाङ गाबिस वडा नं ६ हाल झिमरुक गापा वडा नं६ बस्ने प्रतिवादी गोपाल कामी भन्ने ईश्वरी प्रसाद पोख्रेले “केन्द्रिय कार्यालय काठमाण्डौं १४ खसिबजारमा रहेको बागमति सप्लायर्स र मनकामना ग्रुप अफ कम्पनीबाट निर्माण सामाग्रीहरु एकै ठाउँमा सरिया, सिमेन्ट, कर्कटपाता, स्टिलका पाईप, आईबिम, बिटुमेन, ग्याबिन जालीहरु, ग्याबिन तारहरु सुपथ मुल्यमा पाईन्छ” भनेर विज्ञापन बनाइ ठगी गरेको प्रहरीले बताएको छ ।

उनीहरुले  फेसबुक पेज बनाई डिजिटल मार्केटिंङ कम्पनी मार्फत विज्ञापन गरी उक्त विज्ञापनमा आफ्नो ब्यक्तिगत नंम्बर प्रयोग नगरी, बिभिन्न ब्यक्तिहरुको नामबाट निकालेका मोबाईल नंम्बरहरु प्रयोग गरी उक्त नम्बरमा सम्पर्क गरेका उद्योगी ब्यवसायी, सर्वसाधारणहरुलाई फोनमा धेरै कुरा नगरौ भन्दै ठगी गर्ने गरेका थिए । 

बागमति सप्लायर्स र मनकामना ग्रुप अफ कम्पनी नामबाट संचालन गरेको  राष्ट्रिय बाणिज्य बैंक, लक्ष्मी बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडको खाताहरुमा नगद रुपैया जम्मा गर्न लगाई  गोपाल कामी भन्ने ईश्वरी प्रसाद पोख्रेलाई खोज तलास गर्ने क्रममा  असार५ गते  काठमाण्डौं जिल्ला काठमाण्डौ रामशाह पथबाट पक्राउ परेका छन । हालसम्म उनीहरुले  अठार लाख उन्नतिस हजार पाँच सय बयानब्बे रुपैया ठगी गरेको, उक्त ठगी गरेको नगद रुपैया बिभिन्न मितिमा गोपाल कामीको नाममा दर्ता रहेको  बागमति सप्लायर्स र मनकामना ग्रुप अफ कम्पनीको नामबाट संचालन रहेको खातामा जम्मा रहेको छ।    

त्यस्तै , नक्कली छोरो बनी जग्गा ठगी गरेको मुद्दा पनि प्रहरीमा परेको छ ।  स्व श्रीमती उमादेवी गुरुङको नाममा दर्ता कायम भएको जिल्ला काठमाण्डौ साविक नपा वडा नं ३ कित्ता नं २०३ क्षेत्रफल ९९२.७० वर्गमिटर भएको जग्गा मालपोत कार्यालय कलंकीमा रोक्का रहेको अवस्थाबाटनै किर्ते गरि जग्गा नामसारी गर्ने गिरोह पक्राउ परेको छ । सतराज गुरुङले मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं १२ बाट उमा देवि को मृत्यु दर्ता, नाता प्रमाणित लगायतका कागजात बनाइ जिल्ला प्रशा न का मकवानपुरबाट आफ्नो नगरिकता बनाई अन्य बिभिन्न सरकारी कार्यालयबाट कर्मचारी समेतको मिलेमतोमा उक्त जग्गा नामसारी गरेका थिए । 

अनलाइन व्यापारका नाममा चिनीया र नेपाली मिलेर ठगी गर्ने गीरोह नै रहेको प्रहरीले जनाएको छ । अनलाइनबाट विभिन्न विदेशी कम्पनीको एजेन्ट हौभन्दै विदेशी कम्पनीमा लगानी गर्ने अवसरका रुपमा विभिन्न व्यक्तिहरुसँग रकम उठाउने ९ चाईनिज र १० नेपाली पक्राउ परेका छन् । त्यस्तै, अनाथ आश्रमको नाममा पपनि ठगी गरेको प्रहरीले जनाएको छ ।  

काठमाण्डौ का.।नपा वडा नं ४ बालुवाटार स्थित संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज नामक संस्था सञ्चालन गरी अनाथ बालबालिका नै नराखि कर्मचारी समेत नियुक्ति गरी नियुक्त भएका कर्मचारीहरुलाई स्पेन पठाइ दिने प्रलोभनमा  चन्दा उठाउन लगाई उठेको रकम आफैले राखिकर्मचारीलाई तलब समेत नदिइ ठगी गरेको प्रहरीले जनाएको छ । उक्त ठगीमा संलग्न ३ जना पक्राउलाई असार १२ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । 

त्यस्तै, राजनीतिक तथा ख्यातिप्राप्त ब्यक्तिहरुको फेक आईडि खोली भ्रामक तथा गलत समाचार सम्प्रेषण गर्ने गिरोह पनि पक्राउ परेको छ । दर्ता नभएका तथा प्रेस पास प्राप्त नगरेका पत्रकारद्वारा अनलाईन पत्रिका संचालन गरी गलत तथा भ्रामक समाचार सम्प्रेसन गर्ने गरेको प्रहरीले जनाएको छ ।  नम्बर र बैंक खाता पठाउन लगाई चिट्ठा परेको रकम पाउन रकम लाग्छ भनी रकम पठाउन लगाई ठगी गर्ने प्रवृति बढेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस