aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

श्री एयरलाइन्सका आजका सबै उडान स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असार २०८०
श्री एयरलाइन्सका आजका सबै उडान स्थगित

काठमाडौं । शनिबार श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि आजका सबै उडान स्थगित गर्ने निर्णय गरेको छ । सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ । 

शनिबार श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि धनगढीका लागि उडान उडेको प्लेन पुन काठमाडौं फर्किएको थियो । श्री २२५ उडान नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं विमानस्थलमा नै फर्किको थियो । जहाजको हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौंको विमान स्थलमा नै फिर्ता भएको थियो । 

प्रतिक्रिया दिनुहोस