aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पर्यटन मन्त्री र महानिर्देशक अधिकारीबीचको स्पष्टिकरण प्रकरण सोसियल मिडियामा छरपष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असार २०८०
पर्यटन मन्त्री र महानिर्देशक अधिकारीबीचको स्पष्टिकरण प्रकरण सोसियल मिडियामा छरपष्ट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती  र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीच विवाद बाहिर आएको छ । मन्त्री र महानिर्देशकबीचमा एकअर्काबीचको स्पष्टीकरण लिने र दिनेबीचमा विवाद बल्झिएको हो । 

मन्त्री किरातीले स्पस्टीकरण सोधेको एक साता पुगेकै दिन सामाजिक सञ्जाल ट्विटरमार्फत महानिर्देशक अधिकारीले प्राधिकरण स्वायत्त निकाय भन्दै स्पष्टीकर दिन अस्वीकार गरेका हुन्। स्वायत्त  निकाय भएकोले कुनै पनि निर्णय गर्दा प्राधिकरण स्वयंले स्वविवेक पुर्‍याएर निर्णय गर्न सक्ने जिकिर उनको छ।

असार ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै पर्यटन मन्त्रालयले अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टिकरणको ७ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको थियो । तर, अधिकारीले भने तोकिएको समयभित्र स्पष्टीकरण बुझाएनन् ।

प्रतिक्रिया दिनुहोस