
काठमाडौं । खल्तीले नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा लागू नेपालपे क्युआर संग साझेदारी गरेको छ । यस साझेदारीले खल्ती प्रयोगकर्ताहरूलाई भुक्तानीको लागि क्युआर स्क्यान गर्न र नेपालपे क्युआर मर्चेन्टहरूलाई खल्तीबाट भुक्तानीहरू स्वीकार गर्न अनुमति दिने समझदारी भएको हो ।
यस साझेदारी पछि धेरै प्रयोगकर्ताहरूका लागि पहुँच योग्य माध्यम बन्न सक्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले ३०० भन्दा बढी विभिन्न रेस्टुरेन्ट, पसल, मल, चलचित्रहालहरु, वाकहीं पनि उपलब्ध नेपालपे क्युआर खल्तीबाट स्क्यान गर्न सक्नेछन् ।
यस साझेदारीको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हाम्रा प्रयोग कर्ताहरूका लागि खल्तीको क्युआर भुक्तानी सबैभन्दा सुविधा जनक सेवाहरूमध्ये एक हो । तसर्थ, यो साझेदारीको साथमा हामीले विद्यमान र आगामी खल्ती प्रयोगकर्ताहरूलाई फोनपे क्युआर लगायत नेपाल पे क्युआरबाट पनि सहज भुक्तानीको आनन्द लिन सक्षम बनाउने लक्ष्य राखेका छौं ।”
त्यसैगरि यस सहकार्यको बारेमा नेपालपे क्युआर ले भने,“नेपालपे क्यूआर नेपालका सबै बैंक तथावित्तीय संस्था, पीएसपी र पीएसओहरूका लागि उपलब्ध र पहुँचयोग्य रहेको क्युआर योजना हो । खल्ती जस्तो प्रमुख भुक्तानी सेवा प्रदायकसँग सहकार्य भनेको एउटा प्रमुख कोसेढुङ्गा हो जसबाट नेपालमा क्यूआर भुक्तानीको वृद्धिलाई गति दिने अपेक्षा गरिएको छ ।”
यस लगायत, नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपालका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल पेमेन्ट कर्पोरेशनअफ इन्डियासँग सिमान्तर भुक्तानी अनुमति दिने सम्झौतामा हस्ताक्षर गरेको छ । यो सेवा चाँडै उपलब्ध गराइने छ, जहाँ खल्ती प्रयोगकर्ताहरूले भारतका विभिन्न भागबाट भुक्तानी गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस