aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गल्ली म्यापले पायो स्टार्टअप वर्ल्ड कपको ताज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असार २०८०
गल्ली म्यापले पायो स्टार्टअप वर्ल्ड कपको ताज

काठमाडौँ । गुगल म्यापले समेत लोकेट गर्न नसकेको क्षेत्र र स्थानलाई चित्रमा समेट्न सक्ने नेपाली स्टार्टअप गल्ली म्यापले स्टार्टअप वर्ल्ड कप २०२३ नेपालको ताज पाएको छ। बिहीबार सम्पन्न स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा गल्ली म्यापले अरू सबैलाई पछि पार्दै नेपाल च्याम्पियनको ताज जितेको हो ।

देशभरका स्टार्टअपहरू बीच भएको प्रतिस्पर्धामा टप टेन र प्रदेश तथा नगर तहबाट प्रतिस्पर्धा गरेका ५ कम्पनी बीच भएको प्रतिस्पर्धामा गल्ली गल्ली म्याप उत्कृष्ट भएको हो ।

विश्वभरका लगभग १०० देशहरुमा हुने स्टार्टअपहरूको प्रतिस्पर्धा नेपालमा स्टार्टअप हब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो ।

विकसित देशहरू सबैजसोमा स्टार्टअप वर्ल्ड कपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत  वल्र्डकप नेपाल भित्र्याएको हो ।

 स्टार्टअप हब नेपालले नेपालमा स्टार्टअप वल्र्डकपको आयोजना गर्दै आइरहेको छ । यस पटक गरिएको स्टार्टअप तेस्रो सिजन हो ।

स्टार्टअप वल्र्डकप नेपाल एडिसनको उद्घाटन अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकार स्टार्टअपहरूलाई प्रवर्द्धन गर्न र उनीहरूको इन्नोभेसनमा सपोर्ट गर्न सदा तयार रहेको र यसपालि बजेटमा पनि सम्बोधन गरेको बताए ।

बिजयी महर्जनले अमेरिकाको सिलिकन भ्यालीमा विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गरेका छन् । स्टार्टअप विश्व विजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैयाँ बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस