
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २७ जुनमा हुने विश्वकपको तालिका सार्वजनिक गरेको छ । भारत र पाकिस्तानबीचको सनसनीपूर्ण खेल अक्टोबर १५ मा अहमदाबादमा हुनेछ । यसबाहेक पाकिस्तानले आफ्नो लिगका ८ खेल चार सहर हैदरावाद, बैंगलोर, चेन्नई र कोलकातामा खेल्नुपर्नेछ।
इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा खेल मंत्री एहसान मजारीले भने, ‘प्रधानमन्त्री शाहबाज सरिफले विदेशमन्त्री बिलावल भुट्टो जरदारीको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेका छन् ।'
पाकिस्तान पाकिस्तानले भारतमा क्रिकेट खेल्ने कि नखेल्ने भन्ने भन्ने विषयमा छलफल गर्नेछौं। हामीले हाम्रो सुझाव प्रधानमन्त्रीलाई पठाउने छौं। त्यसैका आधारमा पाकिस्तानी क्रिकेट टोलीलाई विश्वकपमा पठाउने अन्तिम निर्णय प्रधानमन्त्रीले गर्नेछन् ।
भारतले पनि एसिया कपका खेलहरू तटस्थ स्थानमा खेलाउने माग त्याग्नुपर्छ र पाकिस्तानको विश्वकप खेलहरू भारतको सट्टा तटस्थ देशमामा खेलाउन माग गर्नुपर्छ भन्ने माग बढिरहेको छ । पाकिस्तानको यो भनाइले गर्दा पाकिस्तान विश्वमा भाग लिने वा नलिने भन्नेमा बार्गेनिङ गरिहेको छ ।
प्रतिक्रिया दिनुहोस