aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

माइक्रोसफ्ट इन्डियाका अध्यक्षले पदबाट राजीनामा दिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असार २०८०
माइक्रोसफ्ट इन्डियाका अध्यक्षले पदबाट राजीनामा दिए

एजेन्सी । माइक्रोसफ्ट इन्डियाका अध्यक्ष  अनन्त महेश्वरीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार महेश्वरीले माइक्रोसफ्ट छोडेर कम्पनी बाहिर आफ्नो भूमिका खेल्ने निर्णय गरेका छन् । माइक्रोसफ्टका प्रवक्ताले भने, हामी अनन्तलाई भारतमा हाम्रो व्यापार र संस्कृतिमा धेरै योगदानको लागि धन्यवाद दिन चाहन्छौं र उनको भविष्यका प्रयासहरूमा सफलताको कामना गर्दछौं।

माइक्रोसफ्ट इण्डियामा शीर्ष तहका कार्यकारीहरूबीचको फेरबदलको बीचमा महेश्वरीको राजीनामा आएको हो। कम्पनीका प्रमुख सञ्चालन अधिकृत इरिना घोष भारतको प्रबन्ध निर्देशकमा बढुवा भएकी छन् ।

साथै, वर्तमान प्रबन्ध निर्देशक शशि श्रीधरनलाई संगठन भित्र थप महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ।  भारतका पूर्व प्रमुख पुनित चन्दोक भविष्यमा माइक्रोसफ्ट इन्डियामा सामेल हुन सक्ने र उनी माइक्रोसफ्ट इन्डियाको प्रमुख बन्न सक्ने अनुमान गरिएको छ ।

यसअघि महेश्वरीले हनिवेल र म्याकिन्सेजस्ता कम्पनीमा विभिन्न प्रमुख जिम्मेवारी सम्हालिसकेका छन् । महेश्वरी सन् २०१६ मा माइक्रोसफ्टको हिस्सा बनिन् । अनन्त महेश्वरी बिर्ला इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड साइन्सका पूर्व छात्र हुन् र उनी इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरिङका विशेषज्ञ हुन्। यस बाहेक अनन्त महेश्वरीले पिलानीको बिट्सबाट विज्ञानमा स्नातकोत्तर पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस