aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हेलिकप्टरमा सवार यात्रु सबै मेक्सिकन (नामसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ असार २०८०
हेलिकप्टरमा सवार यात्रु सबै मेक्सिकन (नामसहित)

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु र रामेछापको सीमा क्षेत्र लाम्जुरा पासस्थित लिखुपिके–५ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । उक्त हेलिकप्टर सवार रहेका यात्रु सबै मेक्सिकोका रहेका थिए । जसमा ३ महिला र २ पुरुष रहेका थिए । विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । 

हेलिकप्टरमा सवार यात्रुहरुमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस रहेका छन् । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ । सोलुखुम्बुको सुर्केबाट विहाना ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।

मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार सम्पर्कविहीन हेलिकप्टरमा पाइटलसहित ६ जना सवार थिए । उनका अनुसार पाँच यात्रु मेक्सिकन नागरिक हुन् । प्रतिकूल मौसमका कारण खोज्न गएको हेलिकोप्टर गन्तव्यमा पुग्न नसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस