aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अटम सिजनमा ४ सय २२ जनाद्वारा हिमाल आरोहण, ४ करोडभन्दा बढी रोयल्टी संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
अटम सिजनमा ४ सय २२ जनाद्वारा हिमाल आरोहण, ४ करोडभन्दा बढी रोयल्टी संकलन

काठमाडौं । शरद ऋतु (अटम सिजन) मा ४७ वटा देशका आरोहीले हिमाल आरोहण गरेका छन् । अटम सिजनमा २० वटा हिमालको लागि ५२ वटा टिमलई अनुमति दिएको थियो । त्यसमा ४२२ जना व्यक्ति रहेका थिए । त्यसमा महिला ९६ जना  र पुरूष ३२६ जना रहेका छन् । 


अटम सिजनमा सबैभन्दा धेरै मनास्लु हिमाल आरोहण गर्न गएको देखिन्छ । यसमा २ सय ६४ जनाले आरोहण अनुमति लिएका थिए । साथै सबैभन्दा कम थोराङ पिक हिमालको लागि जम्मा २ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । हिमाल आरोहणकको अनुमतिबाट ३ लाख ५३ हजार ८ सय ७५ अमेरिकी डलर अर्थात ४ करोड ६ लाख २६ हजार १५ रूपैयाँ रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ ।  यसबाट नेपालीले ६३ लाख ११ हजार ८ सय रोयल्टी उठेको छ  । पर्यटन विभागको तथ्यांकअनुसार अटम सिजनमा भएका हिमाल आरोहणमध्ये सगरमाथामा १० जनाले आरोहण गरेका छन् ।


 त्यस्तै ८१६३ मिटरको उचाइमा रहेको मनास्लु हिमाल यस सिजनमा २७ वटा टिमले आरोहण गरेका छन् । २७ वटा टिमका २६४ जनाले उक्त हिमालको आरोहण गर्दा २ करोड ७० लाख ८५ हजार ६ सय रूपैयाँ रोयल्टी संकलन भएकोे पर्यटन विभागले जनाएको छ । ८४६३ मिटर उचाइ रहेको मकालु हिमाल एउटामात्रै समूहका चार जना व्यक्तिले आरोहण गरेको पर्यटन विभागले जनाएको छ । यसबाट ४ लाख १२ हजार ५ सय १० रूपैयाँ रोयल्टी उठेको छ । 

धौलागिरी हिमाल २ वटा टिमको ३० जना व्यक्तिले आरोहण गरेका छन् । यसका लागि ३१ लाख ६ हजार ३ सय ५० रूपैयाँ रोयल्टी तिरेका छन् । ७१३२ मिटरको अपी हिमालमा एएटा टिमले मात्रै  आरोहण गरेको छ । चार जनाको उक्त समूहले आरोहण गर्दा १ लाख १४ हजार ४ सय ५० रूपैयाँ रोयल्टी तिरेका छन् ।  ६४६० मिटर उचाई रहेको भृकृटी हिमाल पनि ९ जना रहेको एउटा समूहले मात्रै आरोहण गरेको छ ।  यसबाट १ लाख ४३ हजार ६२ हजार रुपैयाँ रोयल्टी उठेको छ । 
 

प्रतिक्रिया दिनुहोस