aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हराएका ३४६ मोबाइल फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ साउन २०८०
हराएका ३४६ मोबाइल फिर्ता

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा हराएका तीन सय ४६ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गराएको छ । मोबाइल हराएर प्रहरीमा उजुरी परेकाको खोजी गरी फेला पारिएका मोबाइल फिर्ता गरिएको हो ।

 जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोबाइल फेला पारेर नयाँ सिम राखेपछि मोबाइल पत्ता लाग्ने गरेको छ । पत्ता लागेका मोबाइललाई सम्बन्धित धनीलाई बुझाइएको उनले जानकारी दिए ।
 
साउन महिना लागेपछि मात्रै २१ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । चोरी भएका मोबाइल भने मुद्दा दर्ता गरेर चोरी गर्ने व्यक्तिलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस