aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतीय क्रिकेट बोर्डलाई आइसीसीले वार्षिक २० अर्ब भारु दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ साउन २०८०
भारतीय क्रिकेट बोर्डलाई आइसीसीले वार्षिक २० अर्ब भारु दिने

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ) लाई अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले वार्षिक २० अर्ब भारु दिने भएको छ । यसै महिना दक्षिण अफ्रिकाको डरबानमा बसेको आइसीसी बैठकले बीसीसीआइलाई आफ्नो वार्षिक आम्दानीको ३८.५ प्रतिशत हिस्सा प्रदान गर्ने निर्णय गरेको हो ।

बीसीसीआइलाई आइसीसीले दिन लागेको रकम करिब २३१ मिलियन डलर हो । १० वर्ष अघि बीसीसीआइका अध्यक्ष एन. श्रीनिवासनले भारत, अष्ट्रेलिया र इंग्ल्याण्डलाई संयुक्त रूपमा आइसीसीले लगभग यति नै रकम दिनुपर्ने बताएका थिए । तर, १० वर्षभित्रै भारत एक्लैले २३१ मिलियन डलर हिस्सा पाएको हो ।

श्रीनिवासनले राखेको माग पूरा नभए पनि सन् २०१५ देखि २०२३ सम्म भारतले आइसीसीको आम्दानीको २२ प्रतिशत हिस्सा पाइरहेको छ । पछिल्ला वर्षमा आइसीसीलाई आम्दानीको ७० देखि ८० प्रतिशत हिस्सा भारतीय बजारबाटै प्राप्त भइरहेको छ । त्यसैले भारतलाई आम्दानीको बढी हिस्सा दिन लागिएको आइसीसीले जनाएको छ ।

सन् २०१५ मा आइसीसी अध्यक्ष प्रमुख रहेका शशांक मनोहरले तीन देशलाई आइसीसीको सबैभन्दा धेरै आम्दानी वितरण गर्ने मोडललाई अस्वीकार गरेका थिए । यो मोडल लागू गर्दा धनी बोर्ड झन् धनी हुने र गरीब बोर्ड झन् गरिब हुने उनको तर्क थियो । 

आइसीसीले आफ्नो आम्दानी वितरण गर्नेबारे लिएको नयाँ निर्णयअनुसार अब अन्य क्रिकेट बोर्डहरुले आम्दानीको कति हिस्सेदारी पाउँछन् भन्ने खुलेको छैन । 

भारतपछि इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले वार्षिक ६.८९ प्रतिशत अर्थात् ४१ मिलियन डलर पाउनेछ । अष्ट्रेलिया बोर्डले ३७.५३ मिलियन (६.२५ प्रतिशत) र पाकिस्तानले ३४.५ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । 

बंगलादेश, श्रीलंका, अफगानिस्तान, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, जिम्बाबे, वेस्ट इन्डिज र आयरल्याण्डले भने आइसीसीको वार्षिक आम्दानीको ५ प्रतिशतभन्दा कम रकम प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस