एजेन्सी । गुगल विज्ञापन प्लेटफर्ममा स्वचालित रूपमा उत्पन्न हुने विज्ञापनहरूको फाइदा लिन सकिने भएको छ । गुगलका ग्लोबल एडभर्टाइजिङका उपाध्यक्ष ड्यान टेलरले विज्ञापनदाता र व्यवसायहरूले अब गुगल विज्ञापन प्लेटफर्ममा स्वचालित रूपमा उत्पन्न हुने विज्ञापनहरूको फाइदा लिन सकिने बताएका हुन ।
गुगल विज्ञापनले लार्ज लर्निङ मोडेल ९ील्ः० र जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जनरल एआई) प्रयोग गरेर मार्केटरहरूबाट जानकारीको आधारमा विज्ञापन अभियानहरू डिजाइन गर्न सक्षम हुनेछ।
यसले विज्ञापनदाताहरूको ल्यान्डिङ पृष्ठहरू र राम्रो प्रदर्शन गर्ने समाचार वा कन्टेन्टहरुको प्रश्नहरूबाट सिक्छ । एशिया प्रशान्त क्षेत्रका ११ बजारमा १६ हजार ५०० व्यक्तिको सर्वेक्षणमा १० मध्ये ८ उपभोक्ताले आफ्नो व्यक्तिगत जानकारीको अनलाइन गोपनीयता र सुरक्षाको महत्त्वलाई स्वीकार गरेको उनले बताए। टेलरले भने, ‘यो उपभोक्ताहरूको वास्तविक चिन्ता हो र यसको अभावका कारण ७० प्रतिशत मानिसहरूले ब्रान्डसँग सम्बद्ध हुन छोड्नेछन्।’
प्रतिक्रिया दिनुहोस