aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कमलादीमा प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ साउन २०८०
कमलादीमा प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर सञ्चालन

काठमाडौं । सामसङले काठमाडौं कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ । मंगलबारदेखि संचालनमा आएको यस स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं सिइओ जोङ बुम पार्कले गरेका हुन् ।  

नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आइएमएस ग्रुपद्वारा कमलादीमा यो नयाँ प्रिमियम स्टोर संचालनमा ल्याइएको हो । यो प्रिमियम एक्स्पेरियन्स स्टोरमा सामसङका सम्पूर्ण इको सिस्टमलाई प्रदर्शित गरिनेछ । जसले गर्दा उपभोक्ताहरुले आफूले खरीद गर्न चाहेको मोबाइलको बारेमा व्यापक विविधता प्राप्त गर्ने सुविधाले उनीहरुलाई खरिदको निर्णय गर्न सहज हुनेछ । 

कम्पनीको दाबी अनुसार यो ब्राण्ड स्टोरले ग्राहकहरुलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउनेछ । ग्राहकहरुले यहाँ सामसङको सम्पूर्ण सिरिजका स्मार्टफोनहरु, त्यससँग आबद्ध  इको्सिस्टम जस्तैः ग्यालेक्सी बड्स, र ग्यालेक्सी स्मार्ट वाचहरु, ट्याब्लेटहरु, सामसङ मोनिटरहरु, सामसङ उपकरणहरु र सामसङ टेलिभिजनहरु समेत हेर्न र त्यसको अनुभव लिन सक्नेछन् । 

स्टोरमा गेमिङमा अभिरुची राख्ने आजका युवाहरुलाई लक्षित गरेर प्रिमियम सामसङ मोनिटरहरु राखिएको एउटा बेग्लै गेमिङ जोनको पनि व्यवस्था गरिएको छ । स्टोरमा ग्राहकहरुले सामसङका उत्पादनहरुलाई सविस्तार महसुस गर्न सक्नेछन् र आफ्नो रोजाई अनुसारको सामानहरु सजिलै खरीद गर्न सक्नेछन् ।

स्टोरमा आउने ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सबाट पनि लाभ लिन सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स एक झmँभटरहित, मासिक किस्तामा शुन्य प्रतिशत ब्याजदर भएको तत्काल फाइनान्सिङ्ग सुविधा हो । यसले ग्राहकहरुलाई सहज कर्जा सुविधा प्रदान गर्दछ, जसले गर्दा ग्राहकहरुले सजिलोसँग सामसङको सामानहरु खरीद गर्न वा न्यूनतम मुल्यमा आफ्नो रोजाइको स्मार्ट फोनमा अपग्रेड गर्न सक्नेछन् ।   
 

प्रतिक्रिया दिनुहोस