aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

द क्लिफमा तयार भयो वाल क्लाइम्बिङ, कति लाग्छ शुल्क ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ साउन २०८०
द क्लिफमा तयार भयो वाल क्लाइम्बिङ, कति लाग्छ शुल्क ?

कुश्मा । विभिन्न रेकर्डधारी बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर सन्चालनमा ल्याएको द क्लिफले नयाँ एड्भेन्चर वाल क्लाइम्बिङ सुरु गरेको छ । करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो ।

बिले गाइडुको मद्दतले वाल चड्न सकिन्छ । वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य हुन्छ । आफ्ना पाहुनालाई नयाँ स्वाद दिन र द क्लिफलाई उत्कृष्ट एड्भेन्चर हब बनाउने उदेश्यले वाल क्लाइम्बिङ थपिएको कम्पनीका अध्यक्ष राजु कार्की बताउँछन् ।

द क्लिफको ब्रीज प्रवेश शुल्क ५ सय तिरेपछी सोही टिकट देखाएरै पनि वाल क्लाइम्बिङ गर्न सकिन्छ । सो टिकट बिना चड्नेले ३ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

पोखराबाट ५५ किलोमिटर दूरीमा कुश्मा पुगिन्छ । आफ्नो सवारीसाधनमा जाँदा डेढ घण्टामा सहजै पुगिन्छ । पोखराबाट मुस्ताङ जाँदा बाटैमा पर्ने क्लिफ जान आन्नपुर्ण बेसक्याम्पको गेटवे नयाँ पुलबाट १५ किलोमीटर पश्चिम यात्रा गर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस