aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भिभो वाइ २७ नेपाली बजारमा, कति पर्छ मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ साउन २०८०
भिभो वाइ २७ नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । भिभोले आफ्नो वाइ सिरिजमा नयाँं मोडलको वाइ २७ नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको यो वाइ २७ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ । 

डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेम रहेको यो वाइ २७ हेर्दैखेरी अरु स्मार्टफोन मोडलहरु भन्दा अलग देखिन्छ । जसले गर्दा आफ्नो साथीहरुको भन्दा अलग र छुट्टै फोन बोक्न चाहने युवा पुस्ताको चाहनालाई सम्बोधन गरेको छ । ४४ वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्ने यस वाइ २७ मा ५००० एमएएचको ब्याट्रि रहेको छ । 

त्यस्तै, यसमा नाइट टाइम चार्जिङ प्रोटेक्सन पनि रहेको छ । ६ जिबि ¥याम र ६ जिबिको एक्स्टेन्डेड र्याम भएकोले गर्दा एपहरु स्विच गरिरहनु पर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेष रूपमा उपयोगी छ । 

नेपाली बजारमा २३ हजार ९९९ रुपैयाँमा सार्वजनिक भएको वाइ २७ हेर्नमा अत्यन्त आकर्षक छ । यो मोडलमा इनोभेसन र क्राफ्टम्यानशिप प्रति भिभोको प्रतिवद्धता छल्किएको छ । राम्रोसँग काम गर्ने र हेर्दा राम्रो देखिने फोन खोजिरहेका उपभोक्ताहरुको लागि यो उपयुक्त छनोट हो । यसको एस्थेटिकले स्टाइल र प्रोफेसनलिजम खोज्ने उपभोक्ताहरुलाई चित्त बुझाउँछ ।  

औँठीको आकारबाट प्रभावित यसको डुअल रिङ्ग डिजाइनले सुनौलो रङलाई निकै आकर्षक तरिकाले प्रयोग गरेको छ । यसको ज्यामितिय प्याटर्नले मिनिमलिस्ट एस्थेटिक र एलेगन्सको छनक दिएको छ । त्यस्तै ग्लिटर एजिको म्याट सर्फेस भएको हुँदा यो फोन समाउनमा सजिलो हुनुको साथै केरिने समस्या र औँलाको दाग बस्ने समस्या नहुने कम्पनीले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस