aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मस्क र जुकरबर्क बीचको लडाइँ ‘एक्स’मा लाइभ आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ साउन २०८०
मस्क र जुकरबर्क बीचको लडाइँ ‘एक्स’मा लाइभ आउने

एजेन्सी । टेस्लाका सीईओ एलोन मस्क र मेटाका सीईओ मार्क जुकरबर्गबीचको लडाइँ सोसल मिडिया प्लेटफर्म ट्विटर एक्समा लाइभ आउने भएको छ । मस्कले एक पोस्टमा यो जानकारी दिएका हुन्‌ । उनले भने, 'यसबाट हुने आम्दानी वृद्धवृद्धाका लागि दान गर्छु ।'

मस्कले आफूसँग वर्कआउटका लागि समय नभएकाले कामको समयमा यो लडाइँको तयारी गरिरहेको पनि बताए । भर्खरै उनले लाइभ स्ट्रीम पनि गरे, जसमा उनी डम्बेल उठाइरहेको देखिएका थिए।

मस्क र जुकरबर्गले केही दिनअघि पिँजडामा लड्ने तालिम लिन थालेका थिए । तालिमका तस्वीरहरू पनि सार्वजनिक भएका छन् । एउटा तस्वीरमा, मस्क लोकप्रिय पोडकास्टर र एआई अनुसन्धानकर्ता लेक्स फ्राइडम्यानसँग लडिरहेका छन्। फ्राइडम्यानले ट्वीटरमा तस्वीर शेयर गर्दै लेखेका छन्, 'म मस्कको शक्तिबाट प्रभावित छु ।'

जुकरबर्गको कम्पनी मेटाले ट्वीटर जस्तो प्लेटफर्म ल्याउने कुरा गरेको थियो । यसपछि डेली मेलले एउटा रिपोर्ट प्रकाशित गर्‍यो। जसको हेडलाइन थियो-ट्विटरलाई अन्त्य गर्ने जुकरबर्गको मास्टर प्लान सार्वजनिक भयो। यो रिपोर्ट ट्वीटरमा शेयर हुन थालेको छ। यस्तै एउटा पोस्टमा मस्कले जुकरबर्गलाई चिढाउने इमोजी पोस्ट गरे।

प्रतिक्रिया दिनुहोस