
काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिमा टोकराज पाण्डे नियुक्त भएका छन् । अर्थमन्त्री स्तरीय निर्णयबाट पाण्डे टेलिकमको सञ्चालक समितिमा नियुक्त भएका हुन्। साउन १० गते नियुक्त भएका पाण्डेले साउन २२ मा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था अनुरूप पाण्डेलाई पठाइएको हो । पाण्डे हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखसमेत रहेका छन्।
प्रतिक्रिया दिनुहोस