aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल क्रिकेट संघका नयाँ अध्यक्ष चन्द चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ असोज २०७६
नेपाल क्रिकेट संघका नयाँ अध्यक्ष चन्द चयन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ अध्यक्ष पाएको छ । शनिबार भएको निर्वाचमा  क्यानमा अध्यक्ष चतुरबहादुर चन्द विजयी भएका हुन । उनले विजयराज पाण्डेलाई पराजित गर्दै अध्यक्ष चुनिएका हुन् ।


अध्यक्षका उम्मेदवार चतुरबहादुर चन्द( ४४ मत  ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी विनयराज पाण्डे १५ मत ल्याएका थिए । त्यस्तै, उपाध्यक्ष राजुबाबु श्रेष्ठ ४१  ल्याएर विजयी भएका छन् । महासचिवमा अशोकनाथ प्याकुरेल, कोषाध्यक्षमा रोशन सिंह विजयी भएका छन् । 

त्यस्तै, सदस्य खुल्ला दुर्गाराज पाठक, वीरेन्द्रबहादुर चन्द,माधव कर्माचार्य, सञ्जय सिंह र करण महतरा क्षेत्री विजय भएका छन् । प्रदेश १ बाट कैलाश विष्ट, प्रदेश २ दाउद अन्सारी निर्विविरोध, प्रदेश ३ अमितवीर पाण्डे, गण्डकी ऋषिराम गौतम निर्विविरोध,प्रदेश ५ प्रशान्त मल्ल निर्विविरोध  कर्णाली प्रदेश पदमबहादुर खड्का निर्विविरोध र सुदूरपश्चिम विक्रम विष्ट निर्विविरोध विजय भएका हुन । खुल्ला महिला सदस्यमा जयन्ती भट्ट निर्विविरोध  भएकी छिन । 

प्रतिक्रिया दिनुहोस