aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिम्रिक एयरले ४३ लाख बक्यौता तिर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ साउन २०८०
सिम्रिक एयरले ४३ लाख बक्यौता तिर्यो

काठमाडौं । शक्तिको आडमा लाखौ बक्यौता नै नतिरी सिम्रिक एयरले उडान भारिरहेकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नै रोक लगाएपछि शुक्रबार ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ । पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको र आर्थिक संकटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिकको उडान रोकेको थियो ।

उडानमा रोक लगाएपछि सिम्रिकले आर्थिक वर्ष २०७९र०८० को ४३ लाख बक्यौता शुक्रबार बुझाएको प्राधिकरणले जनाएको छ ।रोकेको उडान खुलाउने विषयमा भने थप निर्णय आउन बाकी रहेको प्राधिकरणले जनाएको छ । स्मरण रहोस सिम्रिक एयरका संञ्चालक क्याप्टेन रामेश्वर थापा पक्रकार समेत हुन । उनले अग्नि एयरलाई लिजमा लिएर कुनै पनि बक्यौता नतिरी विमान कम्पनी नै हडपेका थिए । 

प्रतिक्रिया दिनुहोस