
काठमाडौं । पछिल्लो समयमा बिदाको समयलाई सदुपयोग गर्दै घुम्ने बानी नेपालमा पनि विकास हुँदै गएको छ । नेपालीले सबैभन्दा लामो बिदा दशैंमा पाउँछन् ।
पेशा व्यवसायमा संलग्नहरुका निम्ति यो फुर्सदको समयमा परिवारका साथ देश विदेश घुम्ने गरेको पाइन्छ । लामो बिदामा ट्राभल कम्पनीहरुले ल्याएका ‘टुर प्याकेज’ ले विदेश घुम्ने नेपालीको संख्या बढ्ने गरेको छ ।
लामो समय बिदामा छुट्टी मनाउने ट्रेन्ड बढ्दै गएकाले ट्राभल एजेन्सीले विभिन्न मुलुकको प्याकेज ल्याएका छन् । नेपालीहरू प्रायजसो थाइल्यान्ड, मलेसिया र सिंगापुर घुम्न जाने गरेका छन् । त्यसैले व्यवसायीले पनि आकर्षक प्याकेज सार्वजनिक गर्न थालेका छन् ।
विगतमा भारतीय शहर घुम्न जाने प्रचलन रहेकोमा अहिले भारतबाहेक तेस्रो मुलुक जानेको संख्या बढ्दै गएको छ । अझ पछिल्लो समय एसिया मात्र नभई युरोप, अमेरिका र अफ्रिकासम्म पनि घुम्न जाने नेपाली बढेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस