aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ग्लोकल टीन हिरो नेपाल अन्तर्गत ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० साउन २०८०
ग्लोकल टीन हिरो नेपाल अन्तर्गत ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

काठमाडौं । ग्लोकल टीन हिरो नेपाल नवौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ । ग्लोकल टीन हिरो किशोरकिशोरीहरूलाई समर्पित एउटा अवार्ड कार्यक्रम मंगलबार गरिएको हो । 

यो किशोरकिशोरीहरूलाई पहिचान गर्ने र उनीहरुको प्रभावकारी काम र युवा अग्रगामीहरूलाई प्रोत्साहन गर्ने एउटा पहल हो । समाजमा रहेका प्रतिभाशाली किशोर किशोरीहरूको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।  

देशभरिबाट आएको ६८१ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया मार्फत २०२३को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २०अन्डर२० चयन गरिएको छ। 

२०अन्डर२० किशोरकिशोरीहरुले संगीतकार, विज्ञान उत्साही, सामाजिक उद्यमी, स्वास्थ्य कार्यकर्ता, विज्ञान उत्साही, बाल अधिकारकर्मी, लेखक जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । 

यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुचीमा आर्यन सिग्देल, अतिथ अधिकारी, अविनाश कुमार पासवान, दिक्षा भारती, दिवश सर्राफ, माधव खनाल, निराजन रिमाल, प्रकाश बडु, प्रकाश पन्त, प्रीति पन्थ, रौशन पंडित, रिशम कुमार साह, सदीक्षा घिमिरे, सागर बुढा, सागर गुप्ता, समिप पौडेल, श्रुति तिवारी, शुभम उप्रेति, सुमित्रा आचार्य र सुशन श्रेष्ठ रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस