aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थाई एयरवेज इन्टरनेशनलले नोभेम्बरबाट पुनः उडान सञ्चालन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ भदौ २०८०
थाई एयरवेज इन्टरनेशनलले नोभेम्बरबाट पुनः उडान सञ्चालन गर्ने

काठमाडौं । बैंकक स्थित मुख्यालय रहेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेजले काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण रोकिएको उडान पुनः सञ्चालन हुने भएको हो । 

त्यस्तै, थाई एयरवेज इन्टरनेशनल जिएसए एजेन्सी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको बजारको लागि आफ्नो जनरल सेल्स एजेन्ट  नियुक्त गरेको छ । उक्त नियुक्ति अगस्ट १ बाट लागू भएको छ ।सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थल स्थित सेवाहरू उपलब्ध गराउने भएको छ ।

सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थियो । थाई एयरवेज इन्टरनेशनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पून सञ्चालन गर्न लागेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस