काठमाडौं । विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आइरहेको आइएसओसर्टीफाईड सावित्री कंचनजंगा अगरबत्तीले होलसेलर, रिटेलर र उपभोक्ताको लागि विभिन्न प्रकारका ‘अफर’र ‘स्किम’हरू ल्याएको छ। निसावित्री कंचनजंगाले ‘क्यूआर स्क्यान दनादन उपहार टनाटन’ अफर ल्याएको छ।
डिजिटल वालेट पे सिस्टम खल्ती एपसँगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले सो आकर्षक अफर सार्वजनिक गरेको हो।यस अफर अन्तर्गत हरेक सावित्री अगरबत्ती ब्राण्डहरुमा रहेको क्यूआरकोड खल्ती एपबाट स्क्यान गरेर हरेक दिन १० जनालाई खल्ती एपमा १०० रुपैयाँ, योजना अवधिभर २० जनालाई स्मार्ट वाच वा एयरपड्स साथै ५ जनालाई ३२ इन्चको टेलिभिजन वा, स्मार्ट फोन वा लुम्बिनी र पोखराको भ्रमण प्याकेज जित्ने मौका पाउने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस