aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वायुसेवा संघ अध्यक्ष रामेश्वर थापामाथि कारबाही, क्यानले पत्र काट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ भदौ २०८०
वायुसेवा संघ अध्यक्ष रामेश्वर थापामाथि कारबाही, क्यानले पत्र काट्यो

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघ तथा सिम्रिक एअरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा थप कारबाहीमा परेका छन्‌ । बक्यौता नतिरेको भन्दै हेलिकोप्टर नै ग्राउन्डेड गराइदिएको हवाई नियामक नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले थापामाथि नयाँ कारबाही गरेको हो ।

नियामकले हेलिकोप्टर ग्राउन्डेड गराएपछि आक्रोशित थापाले आफ्नै लगानीको अन्नपूर्ण पोष्ट दैनिक प्रयोग गरी क्यानविरुद्ध खनिएका थिए । सो पत्रिकामा निरन्तर समाचार प्रकाशन भएपछि क्यानका अधिकारीहरू पनि आक्रोशित भएका थिए ।

काममा बाधा पुर्‍याएकाले थापालाई कारबाहीस्वरूप १० हजार रुपैयाँ जरिवाना लगाउने निर्णय गरेको क्यानले जानकारी दिएको छ । थापालाई नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन, २०५३ को दफा २५ को उपदफा (२) बमोजिम जरिवाना लगाइएको प्राधिकरणस्रोतले बतायो ।

क्यानले थापालाई जरिवाना तिर्न पत्र पठाइसकेको छ ।

सिम्रिक एयरले तिर्‍यो ५५ लाख बक्यौता, उडान प्रतिबन्ध फुकुवा

प्रतिक्रिया दिनुहोस