aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एसिया कप क्रिकेटमा नेपालको उत्कृष्ट सुरुआत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ भदौ २०८०
एसिया कप क्रिकेटमा नेपालको उत्कृष्ट सुरुआत
फाइल फोटो

काठमाडौं । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपालले पाकिस्तानविरुद्धको खेलमा उत्कष्ट सुरुवात गरेको छ । पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खेलको १० ओभरमा दुई विकेट गुमाएर ४४ रन बनाएको छ । अहिले ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम र मोहमद रिजवान क्रिजमा रहेका छन् । 

खेलमा नेपालका लागि पहिलो सफलता कप्तान रोहित पौडेलले दिलाए । उनले पाकिस्तानका इमाम उलहकलाई रन आउट गराएका हुन् । इमाम पाँच रन बनाएर पेभिलियन फर्किए । त्यस्तैगरी नेपाललाई दोस्रो सफलता भने तीव्र गतिका बलर करण केसीले दिलाए । उनले पाकिस्तानका ओपनर फखार जमानको विकेट लिएका हुन् । करणले खेलको छैटौँ ओभरको तेस्रो बलमा फखारलाई १४ रनमा आउट गराएका हुन् ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित, कुशल मल्ल, कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन् । 

प्रतिक्रिया दिनुहोस