aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ट्विटरमा अब अडियो भिडियो सुविधा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ भदौ २०८०
ट्विटरमा अब अडियो भिडियो सुविधा आउने

एजेन्सी । सोशल मिडिया प्लेटफर्म एक्समा प्रयोगकर्ताहरूले चाँडै नम्बर साझा नगरी अडियो–भिडियो कलको सुविधा पाउने भएका छन। कम्पनीका मालिक एलोन मस्कले एक्समा पोस्ट गरेर यो जानकारी दिएका छन्।

 मिडिया रिपोर्टहरूले यो फिचर चाँडै थपिने दाबी गरिरहेका थिए। यसपछि कम्पनीका सीईओ लिन्डा याकारिनोले समाचार च्यानल सीएनबीसीलाई दिएको अन्तर्वार्तामा पनि उनले अब एक्स ट्विटरमा नयाँ फिचरका रुपमा अडियो÷भिडियो थप्ने पुष्टि गरेकी हुन् । अब एलोन मस्कले पनि प्लेटफर्ममा यो सुविधा थप्ने कुरा गरेका छन्।

मस्कले आफ्नो पोस्टमा भने, एक्समा अडियो र भिडियो कल सुविधा आउँदैछ। यो नयाँ सुविधा आईओएस, एन्ड्रोइड, म्याक र कम्प्युटरमा काम गर्नेछ। यसका लागि फोन नम्बर सेयर गर्नुपर्दैन। एक्स ग्लोबल ठेगाना पुस्तिका हो । यसबाट जो कोहीलाई पनि कल गर्न सकिने उनले बताए।

प्रतिक्रिया दिनुहोस