aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असोज २०८०
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक

काठमाडौं । डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । 

त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  

डिशहोमका प्रवक्ता रजत थापाले यो अभियानले उहाँहरुको पर्वमा थप चमक थप्ने बताए । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको सोकेस, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र नेसनल टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण गरिनेछ । 

“हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान असोज १ गतेदेखि सीमित अवधिको लागि नेपालभर लागू हुनेछ । साप्ताहिक लक्की ड्रमा विजयी सुपरस्टारले नगद एक लाख नगद समेत पाउने भएका छन् । बम्पर लक्की ड्रमा मेगास्टारले नगद १० लाख पाउने भएका छन् ।   
 

प्रतिक्रिया दिनुहोस