aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फेसबुक र इन्स्टाग्राम चलाउन पनि अब पैसा तिर्नुपर्ने !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असोज २०८०
फेसबुक र इन्स्टाग्राम चलाउन पनि अब पैसा तिर्नुपर्ने !

एजेन्सी। मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले अब इन्स्टाग्राम र फेसबुक प्रमाणीकरणका लागि ३५ अमेरिकी डलर (४६५० रुपैयाँ) सम्म शुल्क लिने घोषणा गरेका छन्। मेटा प्लेटफर्मका फेसबुक र इन्स्टाग्रामका व्यापार खाताहरूमा निलो टिक प्रमाणीकरण गर्न अब पैसा तिर्नुपर्ने हुन्छ।

तर, यसका सबै साधारण प्रयोगकर्ताले भने अहिले नै पैसा तिर्नुपर्ने छैन। त्यसका व्यापार खाताहरूमा मात्र लागु हुने यो नियम बिस्तारै सबै प्रयोगकर्ता सम्म पुग्ने अनुमान गरिएको छ । यसो अनुमान किन गरिएको हो भने निलो प्रमाणीकरणका लागि मात्र पैसा लिने गरेको ट्वीटरले अब सबैसँग पैसा लिने बताई सकेको छ ।  

कम्पनीले यसै वर्षको सुरुमा मासिक १२ डलर सिर्जनाकर्ताहरू (क्रिएटर) हरूको खाता प्रमाणीकरणको लागि लिन थालेको थियो। अब फेसबुक वा इन्स्टाग्राममा प्रमाणीकरणका लागि मासिक २२ डलरदेखि ३५ डलरसम्म लिने घोषणा गरेको हो ।

मेटाले आगामी हप्ताहरूमा इन्स्टाग्राम र फेसबुकमा पाइलटिङ सुरु गर्नेछ, पछि व्हाट्सएपलाई पनि व्यावसायिक बनाउने योजनाको साथ काम गरिरहेको छ। यी प्लेटफर्ममा रहेका व्यावसायिक सिर्जनाकर्ताहरूले खाता सुरक्षा सुविधाहरू र समस्या निवारण जस्ता फाइदाहरू प्राप्त गर्नेछन्।

साथै, इन्स्टाग्राम र व्हाट्सएपमा व्यवसायहरूले एउटा ल्यान्डिङ पृष्ठ सिर्जना गर्न सक्छन् जुन वेब ब्राउजरले खोजी मार्फत फेला पार्न सकिन्छ। त्यसबाहेक पैसा तिरेपछि धेरै कर्मचारीहरूसँग च्याट गर्ने र ग्राहकहरूको सोधपुछको जवाफ दिने सुविधा समेत प्राप्त हुन्छ।

ट्विटर  अर्थात् एक्स का सबै प्रयोगकर्ताहरूले पैसा तिर्नु पर्ने

थुप्रै सामाजिक सञ्जालहरूमध्येका एक लोकप्रिय सामाजिक सञ्जाल थियो, ट्विटर । गत साल ४४ बिलियन डलरमा संसारकै धनी व्यक्ति एलन मस्कले त्यसलाई किनेपछि नाम बदलेर एक्स बनाइसकेका छन् । उनले त्यसका थुप्रै फिचरमा फेरबदल गर्दै आइरहेका छन् । त्यही क्रममा अब सामाजिक सञ्जाल एक्स चलाउनका लागि उनले निश्चित शुल्क तिर्नुपर्ने योजना बनाइरहेको खबर बाहिरिएको छ ।

यसलाई सही ठहराउनका लागि मस्कले ‘यही नै बट्सका ठूला सेनाहरूसँग भिड्ने एक मात्र उपाय हुन सक्ने’ तर्क दिएका छन् । गत असोज १ गते सोमबार सामाजिक सञ्जाल एक्समा प्रत्यक्ष प्रशारण गरिएको इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहुसँग मस्कको प्रत्यक्ष वार्ताको दौरानमा उनले सो कुरा बताएका हुन् ।

स्मरणीय रहोस्, सामाजिक सञ्जालमा बट्स भन्नाले स्वचालित रुपमा सञ्चालित हुने त्यस्तो कम्प्युटर प्रोग्राम हो, जसले मानिसले चलाएको जस्तो व्यवहार गरेर सामाजिक सञ्जालहरूमा आफूलाई सक्रिय राख्ने गर्छ । त्यस्ता वट्सहरु नक्कली, झूटा तथा गलत खालका सन्देशहरू एकैचोटी व्यापक मात्रामा सम्प्रेषण गर्न बढी प्रयोग हुने गरेको पाइन्छ । त्यसो त भूकम्प, बाढी पहिरो वा अन्य प्राकृतिक प्रकोपसम्बन्धी जानकारी सूचनाहरू एकैचोटी व्यापक रुपमा फैलाउन पनि यसको प्रयोग गर्न सकिन्छ ।

तर मस्कले सामाजिक सञ्जाल एक्स चलाए बापत कति पैसा तिर्नुपर्ने र त्यो कहिलेदेखि लागू हुन्छ भन्ने कुरा चाहिँ बताएनन् ।

यसअघि नै उनले ट्विटर (हालको एक्स) एकाउन्ट भेरिफाइ गर्नका लागि निश्चित शुल्क तिर्नुपर्ने बनाइसकेका छन् । त्यसबाहेक, पैसा तिरेपछि मात्र एक्सबाट मेसेज पठाउन सकिने, लामा वाक्यहरूमा लेख्न सकिने, लामा भिडियोहरू हाल्न सकिने जस्ता व्यवस्था लागू गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस