aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ईसेवाले ल्यायो आफ्नो मर्चेन्टहरुलाई आकर्षक अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असोज २०८०
ईसेवाले ल्यायो आफ्नो मर्चेन्टहरुलाई आकर्षक अफर

काठमाडौं । के तपाईं ईसेवा परिवारमा भर्खरै मात्र ईसेवा क्यूआर मर्चेन्ट भएर जोडिनुभएको हो ? यदि हो भने ईसेवाले तपाईंको लागि आकर्षक उपहारहरू जित्ने एउटा अफर लिएर आएको छ। यस अफर मार्फत ईसेवा क्यूआर मर्चेन्टहरूले रु ५०० सम्मको टपअप तथा हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्नेछन् ।  

यो अफर ३ महिनासम्म (भाद्र १५ देखि मङ्सिर १४, २०८०) सम्म चल्ने छ। यस अफर मार्फत क्यूआर मर्चेन्ट भएका व्यवसायीहरूले इसेवामार्फत प्राप्त बिजनेस क्यूआर मार्फत भुक्तानी लिएको हुनुपर्नेछ। व्यवसायीहरूले इसेवा बिजनेस क्यूआर सक्रिय भएको पहिलो महिनामै एक सय रुपैयाँ वा सो भन्दा बढिको ३ वा बढि कारोबार क्यूआर मार्फत प्राप्त गर्दा १० रुपैयाँदेखि ५०० रुपैयाँसम्मको टप(अप प्राप्त गर्न सक्नेछन् । साथमा, हरेक हप्ता ५ जना भाग्यशाली मर्चेन्टले  १५०० रुपैयाँ बराबरको एक महिनाको इन्टरनेट प्याकेज पनि जित्न सक्नेछन् । यस अफर र यसका शर्तहरूबारे विस्तृतमा जान्नका कृपया इसेवाको आधिकारिक ब्लगमा जानु पर्ने हुन्छ । 

ईसेवामार्फत प्राप्त बिजनेस क्यूआर प्रयोग गरी भुक्तानी लिँदा व्यवसायीले आफ्नो इच्छाअनुसार इसेवा खाता वा बैंक खातामा पैसा जम्मा गर्न सक्नेछन्। साथमा, ईसेवा प्रयोगकर्ताले समेत डिजिटल माध्यमको प्रयोग गरी नगद वा चानचुनको झन्झट बिना सजिलै कारोबार गर्न सक्नेछन्। हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । 

देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस