aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनसेलको ‘अनलिमिटेड रोमिङ’ डेटा प्याक अब १० देशमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
एनसेलको ‘अनलिमिटेड रोमिङ’ डेटा प्याक अब १० देशमा

काठमाडौंं ।  एनसेलका ग्राहकले अब विभिन्न १० देशको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले ‘अनलिमिटेड रोमिङ’ डेटा प्याक योजनामा असोज १६ गतेबाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ ।  

यससँगै भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकका लागि अनलिमिटेड रोमिङ डेटा प्याक उपलब्ध हुनेछ । यस अफरअन्तर्गत एनसेलका  प्रिपेड तथा पोस्ट पेड ग्राहकले यी देशको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र  सय रुपैयाँ र करसहित १२७.६९ रुपैयाँ अनलिमिटेड रोमिङ डेटा सेवा लिन सक्नेछन् । 

यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफू यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशन अनुसार यो रोमिङ सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ सेवा सुचारु गरी सकेपछि पुनः  एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् ।
यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाईसँग  सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।  

एकपटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नवीकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याक माथि उल्लेखित १० देशको भ्रमणमा जानु अघि वा ती गन्तव्यहरुमा पुगे पछि पनि लिन सक्नेछन् । सम्बन्धित देशमा पुगेर मात्र यो डेटा प्याक लिनका लागि ग्राहकले रोमिङ सेवा नेपालमा नै सुचारु गरेको हुनुपर्नेछ
 

प्रतिक्रिया दिनुहोस