aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असोज २०८०
लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना सार्वजनिक

काठमाडौं । लिट्मस केबल्सले “वाइरिङ दमदार, घर शानदार” योजना ल्याएको छ । नजिकिदै गईरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी उक्त योजना सार्वजनिक गरिएको हो । 

यो योजना अन्तर्गत, ५ भाग्यशाली विजेताहरूले हरेक हप्ता ड्रिल मेशीन, राइस कुकर, एरड्रपस, र स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् । लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ३५,००० सम्मको लिट्मस केबल खरिद गर्नु पर्नेछ । 

त्यसको (अनिवार्य) भ्याट बिल सहित लिट्मस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९८०१९१४४५५ मा ह्वाट्एप वा भाइवर गरि पठाउनु पर्ने कम्पनीले जनाएको छ ।  यस बम्पर लकी ड्रमा भाग्यशाली विजेताले टिभी, वासिङ मेसिन, ल्यापटप र मोबाइल जित्ने मौका पाउनेछन् ।

यो योजना १५ असोज देखि ३० कात्तिक सम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ । लिट्मस इन्डस्ट्रिज लिमिटेड, रमेश कर्प अन्तर्गत संस्था, र नेपालको अग्रणी केबल निर्माता, जसले २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस