aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कतार एयरको जहाज ‘ओभरसुट’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असोज २०८०
कतार एयरको जहाज ‘ओभरसुट’

काठमाडौं ।  कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ”, विमानस्थलका एक उच्च अधिकारीले भने ।

यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस