aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पाल्पामा खुल्ला क्रिकेट प्रतियोगिता हुने, प्रथम पुरस्कार ५१ हजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असोज २०८०
पाल्पामा खुल्ला क्रिकेट प्रतियोगिता हुने, प्रथम पुरस्कार ५१ हजार

काठमाडौं । ख्याहा पाल्पा काठमाडौ समाज नेपालको आयोजनामा वृहत खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ । हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमीको अवसरमा पाल्पाको ख्याहामा कार्तिक ८ गतेदेखी वृहत खुल्ला कृकेट प्रतियोगिताको आयोजना गर्न लागिएको ख्याहा पाल्पा काठमाडौ समाज नेपालका सचिव कमल पाण्डेले जानकारी दिए ।

सचिव कमल पाण्डेका अनुसार भदौ २५ गते बसेको समाजको पुर्ण बैठकले कात्तिक ८ गतेदेखि १० गतेसम्म खुल्ला क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको हो । खुल्ला क्रिकेट प्रतियोगिता रिब्दिकोट गा। पा – १ ख्याहा कराम्दीको खेल मैदानमा हुने आयोजकले जनाएको छ । जसमा प्रथम हुनेलाई ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई २१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

समाजले बेला बेलामा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम, निशुल्क स्वास्थ शिबिर, रक्तदान, लगायतका सामाजिक काम गर्दै आएर सर्वत्र वाहवाही बटुल्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस