aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनसेलको दशैं अफर, रिचार्जमा डेटा बोनस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
एनसेलको दशैं अफर, रिचार्जमा डेटा बोनस

काठमाडौं । दशैंमा एनसेलका ग्राहकले प्रत्येक १०० रुपैयाँभन्दा माथिको रिचार्जमा डेटा बोनस पाउन सक्नेछन् ।  एनसेल प्रालिले आफ्ना ग्राहकका लागि दशैं अफर ल्याएको छ । यसअन्तर्गत रु १०० देखि  १००० रुपैयाँसम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरको रकमको आधारमा १०० एमबीदेखि १ जीबीसम्म डेटा बोनस पाउनेछन् । यो योजना शुक्रबार असोज १७ गतेबाट १५ दिनका लागि सञ्चालनमा रहने छ ।

यो योजनामा रु. १०० ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधि रहेको १०० एमबी डेटा पाउने छन् । रु. २०० रिचार्ज गर्नेहरुले दुई दिन समयसिमा रहेको २०० एमबी र रु .३०० को रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधि भएको ३०० एमबी डेटा पाउने छन् । 

त्यसैगरी रु. ५०० रिचार्जमा ग्राहकले पाँच दिनभित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने रु. १००० को रिचार्जमा १० दिन समयसिमा रहेको १ जिबी डेटा डेटा पाउने छन् । 

प्रतिक्रिया दिनुहोस