काठमाडौं । नेपालमा प्राविधिक रुपमा टेलिकम क्षेत्रको अनुगमन गर्ने प्राणाली नहुँदा नेपालमा ठूलो घोटला भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन् । आइतबार टेलिकम कम्पनीहरुले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)को प्राविधिक पक्षका विषयमा जानकारी दिन आयोजित कार्यक्रममा उनले यस्तो बताएको हुन ।
उनले भने, 'हाल नेपालमा आजभन्दा पाँच वर्षकोभन्दा चार सय गुणा डाटा प्रयोग गर्ने ग्राहकहरु थपिएका छन् तर राजस्व भने घटेको घटै हुने यो त अचम्म भयो । फोर जी सेवा विस्तार भएपछि मात्रै टेलिकमको ४०० गुणा बढी डेटा प्रयोग भएको तथ्यमा छ ।'यो समयमा फोनको पैसा,एसएमएसको पैसा घटेको छैन र सिम बिक्री पनि बढेको तर नेपाल टेलिकमको २०७४र०७५ देखि अहिलेसम्म आउँदा २५ अर्बले राजस्व घटेको उनले बताए ।
टेलिकमको राजस्व घट्दै जाने हो भने टेलिकम्युकेसन क्षेत्र कोल्याप्स हुनसक्ने उनको भनाइ थियो । उनले प्राधिकरणले टेलिकम कम्पनीहरुले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले कहाँ कति बदमासी भएको छ भन्ने विषय रोक्न टेरामक्स आवश्यक परेको बताए । उनले टेरामक्स सञ्चालनको कार्यविधि बनाएर डाटाको गलत प्रयोग भएमा कस्तो कारबाही गर्ने भन्ने विषय टुंग्याउने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस