aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मेडिकल स्कर्टिङ गरि पाइलट सेढाईंको थप उपचारका लागि भारत लगियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असोज २०८०
मेडिकल स्कर्टिङ गरि पाइलट सेढाईंको थप उपचारका लागि भारत लगियो

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेढाईंलाई उनको परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ ।

श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको छ ।  उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा। निशान्त ढकाल, डा रामकृष्ण बुढाथोकी,  डा आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले मेडिकल स्कर्टिङु गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता एवं कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार चार्टर्ड जहाज शनिबार बेलुकी ९ः २० बजे मुम्बईको लागि उडेको थियो ।आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई  एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरि बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी डा। इन्चार्ज निशान्त ढकालले जानकारी दिए ।

गम्भीर घाइते सेढाईंलाई ह्याम्स अस्पतालमा शनिबार डा। निशान्त ढकाल, डा। सन्तोष न्यौपाने, डा। राम कृष्ण बुढाथोकी, प्लास्टिक सर्जन डा कृष्ण मानन्धर, पारामेडिक्सतर्फ सरोज चौधरी र बली जंग शाहीले उपचार गरेका थिए ।

शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।  साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।

घाइते पाइलटको उपचार ह्याम्समा इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको शरीर र हातको उपचारका लागि ह्याम्सको अपरेसन कक्षमा डेब्रिडेमेन्टु र इस्कराटोमी गरी उपचार भएको थियो ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस