कठमाडौं । घटस्थापनाको दिनदेखि लागु हुने गरी डिशहोम फाइबरनेटले नयाँ अफर ल्याएको छ । एक वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरिएको हो ।
यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएस्देखि ३०० एमबिपिएस्सम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् । जसमा ग्राहकले ५० एमबिपिएस्देखि २५० एमबिपिएस्सम्म फाईभ–जी राउटर पाउनेछन् । ३०० एमबिपिएस्को प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन् ।
एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर असोज २८ गतेदेखि पूर्णिमा कार्तिक ११ गतेसम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस