
काठमाडौं । नेपालको पर्यटन क्षेत्रको इतिहासमै एकै पटक तिन वटा विमान चार्टर गरेर भियतनामी पर्यटकहरूले नेपाल भ्रमण गर्ने भएका छन् । आगामी अक्टोबर २१, २५ र २९ मा हिमालय एयरलाइन्स का एअरबस ए३२० विमान चार्टर गरेर भियतनामबाट काठमाडौं, पोखरा, लुम्बिनी लगायताका स्थान भ्रमण गर्ने गरि उच्च वर्गीय पर्यटकहरू काठमाडौं अवतरण गर्ने भएका हुन् ।
नेपाली ट्राभल एजेन्सीको अगुवाइमा नेपाली पर्यटन क्षेत्रको इतिहासमै तिन जेट विमान चार्टर गरेर पर्यटकको आदानप्रदान गरिएको यो पहिलो अवसर हो । करिव १५ प्रतिशत बुद्ध धर्मावलम्बिहरु रहेको भियतनाम बाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या पछिल्ला दिनहरूमा बढी रहँदा भियतनाम काठमाडौंको यात्रा छोट्याउन तथा यात्रालाई सहजता तुल्याउन यो सोझो चार्टर उडान अद्धितीय भएको पर्यटनविद्हरूको भनाई रहेको छ ।
नेपालमा समेत खर्चालु पर्यटक आउने क्रममा वृद्धि हुँदै गएको पछिल्लो समयमा भियतनाम लिस्टमा थपिएको हो । भियतनाम काठमाडौं ओर्लिएका पर्यटकहरूले काठमाडौं उपत्यकाका अलावा बुद्धको जन्मस्थान लुम्बिनी तथा पोखराको समेत भ्रमण अवलोकन गर्नेछन् भने केही पर्यटकहरू नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योग अभ्यासका लागि थप समय बस्नेछन् ।
प्रतिक्रिया दिनुहोस