aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

इन्स्टाग्राममा आयो यस्तो नयाँ फिचर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ असोज २०७६
इन्स्टाग्राममा आयो यस्तो नयाँ फिचर

काठमाडौँ । इन्स्टाग्रामले आफ्नो नयाँ अपडेट सँगै प्रयोगकर्ताको लागी नयाँ विशेषता सञ्चालनमा ल्याएको छ । ट्विटर लगायतले यस अघि नै सञ्चालनमा ल्याएको अँध्यारो अवस्था (डार्क मोड) इन्स्टाग्रमले पनि सुरु गरेको हो ।

प्रयोगकर्ताको सहजताका लागि कम्पनीले यो मोड ल्याएको र यसको प्रयोग एन्ड्रोइड र आइओएसबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

यस बाहेक पनि कम्पनीले इन्स्टाग्राममा केही नयाँ विशेषताहरू थप गर्न लागेको छ । कम्पनीले इन्स्टाग्राम एक्टीभीटी फीडबाट फलोइङ ट्याव समेत हटाइरहेको छ । यसबाट प्रयोगकर्ताले अन्य एक्टीभीटीको समेत ब्राउज गर्न सक्नेछन् । 

कम्पनीले एक अर्को सेक्युरिटी फिचर पनि थप्ने जनाएको छ, जसले फिशींग अट्याक्सको कम गर्नेछ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस