aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लाओसलाई नेपालले घरेलु मैदानमा हरायो, नेपाल दोस्रो चरणमा प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असोज २०८०
लाओसलाई नेपालले घरेलु मैदानमा हरायो, नेपाल दोस्रो चरणमा प्रवेश

काठमाडौं । नेपालले लाओसलाई उसकै घरेलु मैदानमा हराएको  छ । लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालका मनिष डाँगीले गरेको एक मात्र गोल मद्दतले लाओसलाई १-० ले पराजित गर्दै समग्रमा २-१ ले विजयी भएको हो ।

यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । अब नेपालले छनोटको दोस्रो चरणमा समूह जी मा यूएई, बहराइन र यमनसँग होम एण्ड अवे गरेर ६ खेल खेल्न पाउने छ । 

प्रतिक्रिया दिनुहोस