aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ओरियण्टल होटल्सले दशै अघिनै वितरण गर्यो नगद लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ कार्तिक २०८०
ओरियण्टल होटल्सले दशै अघिनै वितरण गर्यो नगद लाभांश

काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले यस वर्ष ५ दशमलव २७ प्रतिशत नगद लाभांश दशै अघिनै वितरण गरेको छ । कम्पनीको असोज २५ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले कर समेत उक्त नगद लाभांश पारित गरेको थियो । असोज ११ गतेसम्म कम्पनीको शेयर कायम गरेको शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरिसकिएको जानकारी कम्पनीले दिएको हो ।

असोज ११ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने भनाई कम्पनीको छ । सो मितिपश्चात कर्जा चुक्ता भुक्तानी गरेका शेयरधनीहरूको हकमा भने फुकुवा पत्र पेश गरेपछि बैंक खातामा नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजारको आधारमा नगद लाभांश वितरण गरेको हो । नगद लाभांश वापत् ५ करोड ९३ लाख ७३ हजार रूपैयाँ खर्च भएको छ । 

अघिल्ला तीन आर्थिक वर्ष भने कम्पनीले लाभांश वितरण गरेको छैन् । यस अघि आर्थिक वर्ष ०७५÷७६ को मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० दशमलव ७९ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस