aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हङकङविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ कार्तिक २०८०
हङकङविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं ।  नेपालको सिनियर राष्ट्रिय टोलीले त्रिकोणात्मक टि–२०आई सिरिजअन्तर्गत हङकङविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । आजको खेल मुलपानी क्रिकेट मैदान अहिले हुन लागेको हो । नेपालले यसअघि खेलको दुई खेलमा जित दर्ता गराएको छ । नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले र दोस्रो खेलमा हङकङलाई छ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल विजयी भए एक खेल अगावै फाइनलमा पुग्नेछ । 

आजको खेलमा कप्तान पौडेलसहित आसिफ शेख, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा र गुलशन झा छन् ।

प्रतिक्रिया दिनुहोस