aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बागलुङका पर्यटकीस्थलमा पर्यटकको चहलपहल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ कार्तिक २०८०
बागलुङका पर्यटकीस्थलमा पर्यटकको चहलपहल

ढोरपाटन (बागलुङ) ।  चाडबाड सुरु भएसँगै बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । वर्षा याममा सुनसान बनेका पर्यटकीय क्षेत्रमा दसैँ सुरु भएपछि पर्यटकको चहलपहल बढेको हो । 

 पुग्न थालेका हुन् । यो समयमा मानिसको फुर्सद हुँदा घुमफिरमा निस्किएको पाइन्छ । बागलुङको मुख्य धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा घटस्थापनाका दिनदेखि नै झक्तजनको घुइँचो लागेको थियो । दशमीसम्म यहाँ आउने भक्तजनको भीड नै लाग्ने गर्छ । 

बागलुङ कालिका मन्दिरसँगै नेपालको सबैभन्दा लामो बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने झोलुङ्गे पुल, पञ्चकोट, शालीग्राम सङ्ग्रहालय, ढोरपाटनलगायत गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ  । 

नेपालको एकमात्रै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पनि यो समयमा धेरै बाह्य पर्यटक आएको स्थानीय निमबहादुर घर्तीले बताए। अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै पर्यटक भित्रिएका बताउछन् । ढोरपाटनमा पर्यटकका लागि आवास र भोजनको उचित व्यवस्थापन हुन थालेपछि पाहुँना बढ्दै गएका हुन् । 

प्रतिक्रिया दिनुहोस