
काठमाडौं । नेपाल वायुसेवा निगमले दर्शैको विदाको मौकामा नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले दर्शैकको सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको छ ।
आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म आवेदन दिन सकिने थरि ग्लोबल टेण्डरको सूचनामा उल्लेख छ । नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो ।
वायुसेवा निगम अहिले ४७ अर्ब रुपैयाँभन्दा बढीको ऋणमा डुबेको छ । अन्तर्राष्ट्रिय उडानको दुईवटा वाइडबडी ए३३०–२०० सिरिजको जहाज किनेपछि थपिएको ऋण अहिलेसम्म पनि तिर्न सकेको छैन ।
वायुसेवा निगमसँग देशैभर रहेको जग्गाजमिन र यसको जहाजसहितको सम्पत्ति जम्मा ३७ अर्ब रुपैयाँको छ । तर, यो संस्थालाई सरकारको जमानीमा कर्मचारी सञ्चचयकोष र नागरिक लगानी कोषले ४७ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।
निगम २०७९र८० को वैशाखसम्ममा २ खर्ब १६ करोड ५४ लाख रुपैयाँ घाटामा छ । यस्तो घाटा निगमको वाइडबडी जहाजको किस्ताका कारण बढेको तथ्यांकले देखाएको छ । यस्तो घाटा घट्नुको साटो २०७४र७५ पछि वर्षेनी बढिरहेको छ ।
गत वर्ष २०७८र८९ मा निगमको कुल घाटा १ अर्ब ७० करोड रुपैयाँ मात्रै थियो । अझै ५ वर्ष निगम नाफामा जान नसक्ने अध्ययन प्रतिवदेनले देखाएको छ । वार्षिक घाटा कम हुँदै जान सक्छ तर ५ वर्ष अहिलेकै स्रोतबाट निमग नाफामा जान भने नसक्ने निष्कर्ष अध्ययन समितिको छ ।
प्रतिक्रिया दिनुहोस