
काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत यूएई विरुद्धको खेलमा सोमपाल कामीले दोस्रो विकेट लिएका छन् । नेपालले फिल्डिङ रोजेर मुलापानी खेल मैदानमा भइरहेको खेलमा सोमपालले २.४ ओभरमा दोस्रो विकेट लिए ।
यूएईका कप्तान मोहम्मद वासिमलाई सोमपालको बलिंग गुल्शन झाबाट क्याचआउट भएका हुन । त्यसअघि उनले यूएईका खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए । अहिले १० ओभर तीन विकेट गुमाएर युएइले ६९ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस