
काठमाडौं । नेपालमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको फाइनलमा आज(शुक्रबार) नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच खेलमा यूएईले टस जितीर व्याटिङ गर्ने भएको छ । ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने खेल नेपाली समय अनुसार विहान ११ बजे सुरु हुनेछ । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो । युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा हङकङलाई पछि पार्दै युएई दोस्रो भएर फाइनल पुगेको हो ।
प्रतिक्रिया दिनुहोस